काठमाडौं । सानिमा इक्विटी फण्डको २२ प्रतिशत नगद लाभांश पछि इकाई मूल्य समायोजन भएको छ । फण्डको बिहीवारको अन्तिम कारोबार मूल्य १२ रुपैयाँ ३९ पैसालाई आधार मानेर इकाई मूल्य समायोजन गरिएको हो ।
समायोजन पश्चात प्रतिइकाई १० रुपैयाँ १९ पैसालाई आधार मानेर आइतबार कारोबार खुल्नेछ । फण्डले २२ प्रतिशत नगद लाभांश प्रयोजनका लागि असोज ९ गते आइतवार बुक क्लोज गर्दैछ । यस आधारमा बिहीवारसम्म कायम इकाईधनीले फण्डको प्रस्तावित लाभांश पाउन सक्नेछन् ।