IME Life New

दुई लघुवित्तको विशेष साधारणसभा आज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा आज शुक्रवार अर्थात् असोज ७ गते हुँदैछ ।

सिवाईसी नेपाल लघुवित्तको सभा लघुवित्तको केन्द्रीय कार्यालय सभागृह चोक कास्कीमा आयोजना गर्ने जनाएको छ भने आँधिखोला लघुवित्तको होटल गाउँवेशीको सभाहल वालिङ स्याङ्जामा बिहान ११ बजे शुरू हुने जनाएको छ ।

Esewa
Crest

सभाले यी दुई लघुवित्त एक आपसमा गाभ्ने र गाभिने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, मर्जरसम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरू पारित गर्नेछन् ।

मर्जर प्रयोजनार्थ यी दुवै लघुवित्तको शेयर कारोबार असार २३ गतेदेखि रोक्का रहेको छ । भदौ २९ गतेदेखि असोज ७ गतेसम्म यी दुई लघुवित्तले विशेष साधारणसभा प्रयोजनार्थ बुकक्लोज गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS