IME Life New

कामना सेवा बैंकद्वारा बाल दिवसको अवसरमा खाद्य तथा पाठ्य सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्र वरिपरि रहेका विभिन्न बाल आश्रम/सामुदायिक विद्यालयहरुमा “क्उचभबमष्लन क्mष्भिक” भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान गरी भदौं ३० गते राष्ट्रिय बाल दिवस मनाईएको छ ।

बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर काठमाडौं क्षेत्रबाट श्री नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम श्री नमुना माध्यमिक विद्यालय, श्री सत्य साई विद्या पिठ, श्री राजेश्वरी आधारभूत विद्यालय, श्री तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, श्री प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, श्री बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइज अप अरफान चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट श्री सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।

Esewa
Crest

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS