Connect IPS
IME Life

राष्ट्र बैंकबाट दशै तिहारका लागि आजदेखि नयाँ नोट वितरण सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशै तिहारलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । गएका वर्षमा कोभिड १९ को संक्रमणका कारण राष्ट्र बैंक आफैले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष भने राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाका अतिरिक्त आफैले नयाँ नोटको सटही सुरु गरेको हो ।

अन्य बैंकहरुले भदौ २६ गतेदेखि नै नयाँ नोट वितरण गर्न सुरु गरिसकेका छन् । तर दशै तिहारका लागि राष्ट्र बैंकबाटै नयाँ नोट लिने बानी परेका सर्वसाधारणको भिड लागेको छ । राष्ट्र बैंकले सर्वसाधारणका लागि ५ रुपैयाँका नोटदेखि एक सय रुपैयाँसम्मको १००/१०० वटाको दरले १८ हजार ५०० रुपैयाँ वितरण गरिरहेको छ ।

Prabhu
Crest

अन्य बैंक वित्तीय संस्थाहरुले पनि नेपाल राष्ट्र बैंकबाट २ देखि ५ करोड रुपैयाँसम्मको नयाँ नोटको सटही सुविधा पाउने व्यवस्था गरिएको छ । यस वर्षको दशैलाई मात्रै लक्षित गरि राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ । गत वर्ष राष्ट्र बैंकले बजारमा ७ अर्बको मात्रै नयाँ नोट पठाउदा समस्या देखिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS