IME Life New

एनआईबिएल र सनराइज म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज भदौ २८ गते एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्ड र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै योजनाले लाभांश वितरणको लागि भदौ २९ गते बुक क्लोज मिति तय गरेकोले आज भदौ २८ गतेसम्म कायम इकाईधनीले मात्र योजनाले दिने लाभांश पाउँन सक्ने छन् ।

Esewa
Crest

एनआईबिएल प्रगति फण्डले इकाईधनीहरुलाई कर सहित ४।२० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आ.व.२०७८/०७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत का दरले हुन आउने रकम ३ करोड १५ लाख प्रतिफल बितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशत लाभांश बितरण गर्ने घोषणा गरेको छ । सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS