Connect IPS
IME Life

श्रृजनशील लघुवित्तको आइपीओ पर्यो कि परेन ? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्रृजनशील लघुवित्तले निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ । तर नतिजा भने केही समयपछि मात्र हेर्न मिल्ने बिक्रि प्रबन्धक सनराइज  क्यापिटलले जनाएको छ ।

आइपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आइपीओको नतिजा हेर्न सकिन्छ । जस अनुसार सनराइज क्यापिटलको www.sunrisecapital.com.np,र, सिडीएससीको मेरो शेयरको वेबसाइट  http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/  बाट र लघुवित्त कम्पनी श्रृजनशील लघुवित्तको वेबसाइट https://www.shrijanshil.org बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ ।

Prabhu
Crest

सनराइज क्यापिटलका अनुसार आइपीओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको र योग्य रहेका १८ लाख ३७ हजार ४ सय ३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।

लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ  ।

आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS