IME Life New

ग्रीन डेभलमपमेण्ट बैंकका ग्राहकलाई फिस्टेल ड्रिमपार्कको टिकट शुल्कमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलमपमेण्ट बैंक र पोखराको बाल मनोरञ्जन केन्द्रको रुपमा प्रशिद्ध फिस्टेल ड्रिमपार्कबीच टिकट शुल्कमा छुट दिने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल वैंकिङ्गमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

उक्त सम्झौतामा बैंकका तर्फवाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बढाथोकीले र ड्रिमपार्कका तर्फवाट पार्कका अध्यक्ष केदम के।सी।ले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौतापछि बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले पोखराको पर्यटन विकास तथा वाल मनोरञ्जनका लागि संचालनमा ल्याईएको पार्कको मनोरञ्जन सुविधा प्रयोग गरि बैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पु-याउने तथा भरपुर मनोरञ्जन लिने विश्वास व्यक्त गरेका छन्।

पार्कका अध्यक्ष के।सी।ले पोखरामा व्यवस्थित मनोरञ्जन पार्कको अभाव रहेको वेला आफुहरुले ड्रिम पार्कको संचालन गरेको र ग्रीन डेभलपमेण्ट वैंकसँग सम्झौता गरि वैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा पार्क खुशी भएको बताएका छन्।

बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरु मार्फत् सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS