काठमाडौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश बितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । फण्ड लाभांश बितरणको लागि भदौ २९ गते बुक क्लोज मिति तय गरेको हो । त्यसकारण भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले मात्र प्रतिफल पाउन सक्नेछन् ।
एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आर्थिक वर्ष २०७८/७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४ दशमलव २० प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।