IME Life New

आर्जन बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न, १२% लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिकाको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन आग्रह गरे । उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

Esewa
Crest

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रञ्जित कुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखासमितिका संयोजक नवराज भुसाल लगायतले बोलेको थिए ।

संस्थाले आफ्ना शेयर सदस्यका छाराछोरीहरुलाई ०७९ सालको एसइइमा सर्वोकृष्ट नतिजा ल्याउने ९ जनालाई मायाँको चिनो र नगद दिई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ठ कारोबार गर्ने दुइजना शेयरधनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै संस्थामा ५ बर्ष भन्दा बढि लगातार कार्यरत कर्मचारीलाई पनि मायाको चिनो दिएर सम्मान गरेको छ ।

चुक्ता पूँजी ३ करोड ३७ लाख ३९ हजार ७ सय रहको संस्थाले आव ०७८/०७९ मा रु १ करोड ४ लाख ३८ हजार ५सय ७ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार ६सय पन्ध्र रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले वृद्धि हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS