Connect IPS
IME Life

बैंकिङ प्रणालीमा अझै निक्षेप आउन सकेन, सिडी रेसियो ह्वात्तै बढेर ८८.४२ प्रतिशत पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप आउन नसक्दा बैंकहरुमा सिडी रेसियोको दवाव पर्न थालेको छ । साउनमा खर्ब भन्दा धेरै घटेको निक्षेप भदौमा बढ्ने अपेक्षा गरिएको थियो । तर निक्षेप बढ्ने भन्दा पनि घट्दो क्रममा छ । भदौ पहिलो साता निक्षेप संकलन ५ अर्ब ९ करोड रुपैयाँले बढेकोमा दोस्रो साताको अवधिमा जम्मा ५१ करोडले मात्रै बृद्धि भएको छ ।

यहि अवधिमा कर्जा विस्तार भने एक अर्ब ३० करोड रुपैयाँले बढेको छ । भदौ पहिलो साता निक्षेप ५ अर्ब ९ करोडले बढेकोमा कर्जा विस्तार तीन अर्ब ११ करोडले बढेको थियो । तर भदौ १० गतेसम्मको अवधिमा निक्षेप संकलन जम्मा ५१ करोडले बढेको छ भने कर्जा विस्तार एक अर्ब ३० करोड रुपैयाँले बढेको छ ।

Prabhu
Crest

सिडी रेसियो अघिल्लो साताको तुलनामा ह्वात्तै बढेको छ । भदौ ३ गतेसम्मको अवस्थामा सिडी रेसियो ८७.४७ प्रतिशत रहेकोमा भदौ १० गतेसम्मको तथ्याङ्क अनुसार ८८.४२ प्रतिशत पुगेको छ । यहि हिसावले अगाडी बढ्ने हो भने अव बैंकहरु छिट्टै थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुग्नेछन् । नयाँ कर्जा प्रवाह हुन नसक्दा धेरै समस्या निम्त्याउन सक्ने देखिन्छ ।

यहि हिसावले बैंकिङ प्रणाली अगाडी बढ्ने हो भने यस वर्ष समग्र अर्थतन्त्र नै ठप्प हुने देखिन्छ । नयाँ कर्जा प्रवाह नहुने वित्तीकै सबैभन्दा पहिला घर, जग्गा र शेयर मार्केटलाई असर पुर्याउनेछ । अर्को तर्फ उद्योग कलकारखानाले कर्जा पाउन नसक्दा उत्पादनमुलक उद्योग कलकारखाना स्थापना हुन सक्दैन । यसले समग्र अर्थतन्त्रलाई नै अवरोध पुग्याउने निश्चित छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS