Connect IPS
IME Life

प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छूट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।“यस तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार” भन्ने नारासाथ शुरु यस अफर भदौ १४ गते हरितालिका तीजको दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ ।

यस अवधि भित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क –एएमसी) मा १०० प्रतिशत नै छूट पाउने प्रभु क्यापिटलले जनाएको छ । यस योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।

Prabhu
Crest

यस योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक बर्ष अघि तिजकै अवसर पारी सञ्चालनमा ल्याईएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने जनाएको छ ।

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS