Connect IPS
IME Life

तिजको अवसरमा मिर्मिरे लघुवित्तको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा हरितालिका तिजको अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार संस्थाले सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ मा महिला सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

एकै दिन चार स्थानमा भएको कार्यक्रमहरुमा सुदुर पश्चिमको कैलालीको ग्रिन एसियामा संस्थाका अध्यक्ष टेक बहादुर बोहराको प्रमुख आतिथ्यतामा होटल ग्रिन एसियामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय साक्षरताको बारेमा उपस्थितहरुलाई जानकारी गरेका थिए भने सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

Prabhu
Crest

१३५ जनाको उपस्थिती रहेको कार्यक्रममा मेट लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख रितेन्द्र कार्कीले  सहभागीहरुलाई बीमा सम्बन्धि जानकारी गराएका थिए । त्यसैगरी बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाका चार वटा शाखाहरुमा आवद्ध १५० जना सदस्यहरुको उपस्थितीमा भरतपुर स्थित कटेरो पार्टी प्यालेसमा कार्यक्रम गरेको हो ।

चितवनको आदर्श नारी विकास केन्द्रका अध्यक्ष एवं महिला अधिकारकर्मी मिना खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठले सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षित गरेका थिए भने भरतपुर शाखाका शाखा प्रमुख सरस्वती तिवारीले कार्यक्रम संचालन गरेका थिए ।

बागमती प्रदेश अन्तर्गत नै बनेपाको पार्टी भेन्यूमा पनि आजै भक्तपुर र काभ्रेका १२५ जना सदस्यहरुको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बनेपा शाखाका शाखा प्रमुख ललिता पौडेलले संचालन गरेको कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले प्रमुख आतिथ्यता संगै सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण गराएको थियो भने विभागिय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । बागमती प्रदेशको कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गरेको थियो ।

त्यस्तै, प्रदेश नं. १ को चन्द्रगढीमा पनि संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । होटल आनी हेरिटेज प्लाजा भद्रपुरमा भएको कार्यक्रममा नगरपालिकाका उप मेयर राधा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संचालक संजय श्रेष्ठ, पुर्व संचालक दिप श्रेष्ठ, पुर्व कार्यकारी प्रमुख कुमार याक्सो, जनशक्ति विभाग प्रमुख लोमश भट्टराई शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा झण्डै २ सय जनाको सहभागी रहेको कार्यक्रममा सुर्यालाइफ इन्स्योरेन्सका बरिष्ठ नायब महा प्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट मार्केटिङ प्रमुख अर्चना केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रदेश नं. १ का प्रमुख सुरेश खड्काले संचालन गरेका थिए भने सहभागीहरुलाई वित्तीय जानकारी क्लष्टर प्रमुख वालकृष्ण घिमिरेले दिएका थिए ।
हरितालिका तिजको पुर्व सन्ध्यामा संस्थाको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन भएको हो । शनिवार संस्थाको मधेश प्रदेशमा प्रदेश प्रमुख रामकिशोर चौधरीको संयोजन तथा सहजिकरणमा २०० जना सहभागीहरुलाई कलैयाको दरवार होटलमा बीमा तथा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

शुक्रबार गण्डकी प्रदेशको नवलपुर कावासोती स्थित स्वस्तिक होटल एण्ड पार्टी भेन्यूमा १०० जना सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको थियो । आइएमई लाइफ इन्स्योरेन्स को सहकार्यमा भएको कार्यक्रममा प्रदेश प्रमुख राजेश श्रेष्ठले वित्तीय साक्षरता सम्बन्धि सहजिकरण गरेका थिए ।

त्यस्तै, भदौ ११ गते लुम्बिनी प्रदेशको प्रादेशिक कार्यालय शिशैको संयोजनमा नवलपरासी स्थित गोपिगञ्जको होटल पिसफूलमा १२५ भन्दा बढिको सहभागितामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्लष्टर प्रमुख ध्रुव भण्डारीले सहजिकरण गरेका थिए ।

हरितालिका तिजको पुर्व सन्ध्यामा मिर्मिरेले महिला दिदिवहिनीहरुलाई तिजको शुभकामना आदान प्रदान संगै बीमा तथा वित्तीय साक्षरता सम्बन्धी फलदायी कार्यक्रम होस भन्ने अभिप्रायले कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले जानकारी दिए । संस्थाले यहि १५ गते बुद्धज्योती लघुवित्त संगको एकिकृत कारोवार शुरु गर्दैछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS