Connect IPS
IME Life

पिपुल्स पावरको आइपीओ बाँडफाँड, २ लाख २९ हजार ४६८ जनाले हात पारे १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा शेयर बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको छ । १५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन सदर भएको छ ।

Prabhu
Crest

आइपीओमा मागभन्दा बढी आवेदन पारेकाेले धिताेपत्र तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथबाट सदर भएका १५ लाख ५१ हजार ४१३ आवेदक मध्येबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ । बाँकि भएको दुई कित्ता शेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो ।त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS