IME Life New

एनएमबि बैंकले बेलायतबाट साढे दुई अर्ब कर्जा लगानी भित्र्याउने, गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआईआई) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक बिआईआई बाट साढे दुई अर्ब रुपैयाँ बराबरको दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको बैंकले जानकारी गराएको छ ।

बैंककाअनुसार आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्नेछ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवा पुग्नेछ ।

Esewa
Crest

कायृक्रममा एनएमबि बैंकका कार्यकारी अधिकृत सुनिल के.सी.ले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए।

हालसम्म बैंकले देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS