IME Life New

पिपुल्स पावरको आइपीओ आज बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपीओ आज आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले आइपीओ प्रि अलोटमेन्टको काम सम्पन्न गरी आज दिउँसो बाँडफाँड हुने गरी तयारी गरेको जनाएको छ ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो ।

Esewa
Crest

सिडिएससी बाट प्राप्त जानकारी अनुसार भदौ ५ गते बिहान १० बजे सम्ममा १३ लाख ८९ हजार ९ सय ८५ जना आवेदकले १ करोड ५८ लाख १६ हजार ९० कित्ताको लागि रु १ अर्ब ५८ करोड १६ लाख ९ हजार बराबरको आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ६.८९ गुणा बढी हो।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS