Connect IPS
IME Life

मोबाइल व्यवसायीसँग नबिल बैंकले गर्यो वित्तीय अन्तरक्रिया कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले Channel Financing , QR Merchant र  Fone Loan को बारेमा छलफल गरेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पु-याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए ।

Prabhu
Crest

उनका अनुसार Nabil Channel Financing  ले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने Nabil Channel Financing ले अब QR व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसै गरि उनले QR व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल QR र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए ।

कार्यक्रममा “चोरी नियन्त्रण र सतर्कता” शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरुका रुपमा सुजन केसी, प्रहरी निरिक्षक – नेपाल प्रहरी, भक्तपुर, दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो भने संवाद कार्यक्रमको संचालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS