काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र आइतवार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
कम्पनीले ९ वर्षका लागि वार्षिक ४ प्रतिशत ब्याजदर भएको कृषि ऋणपत्र नामक ऋणपत्र सूचिकृत गराएको हो । यस ऋणपत्र धितोपत्रको दोस्रो बजारमा सोमवारदेखि कारोबारमा आउनेछ ।