काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको इकाई मूल्य समायोजन गरेको हो । यी दुई योजनाहरूले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि भोलि साउन ३१ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । त्यसकारण बुक क्लोजको आधारमा नेप्सेले आज इकाई मूल्य समायोजन गरेको हो ।
एनएमबि हाइब्रिड फण्ड एल–१ को सोमवार कायम अन्तिम इकाई मूल्य ११ रुपैयाँ ८९ पैसाको आधारमा मुल्य समायोजन भएको हो । इकाई मूल्य समायोजनपछि ९ रुपैयाँ ७८ पैसा तोकेको हो । त्यस्तै नेप्सेले एनएमबि फिफ्टीको सोमवार कायम अन्तिम इकाई मूल्य १२ रुपैयाँ ६० पैसाको आधारमा १० रुपैयाँ ४९ पैसा इकाई मुल्य कायम भएको हो ।