काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडका दुई योजनाले बुक क्लोजको मिति तय गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले भदौ ७ गते इकाईधनी दर्ता किताब बन्द गर्ने भएका हुन् । त्यसकारण यी दुई योजनाको भदौ ६ गतेसम्म खरीद गर्ने इकाईधनीले उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ इक्विटी फण्डले इकाईधनीलाई आर्थिक वर्ष २०७८/७९ का लागि ९ प्रतिशत अर्थात १३ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्न लागेको हो ।
त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्ष २०७८/७९ का लागि इकाईधनीलाई १२ करोड रुपैयाँ अर्थात १० प्रतिशत प्रतिफल वितरण गर्न लागेको हो ।