IME Life New

आजदेखि एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ नामक म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

उक्त इकाईमा न्युनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । यस योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग मबोजिम आवेदन नपरेमा भदौ ९ गतेसम्म थप हुनेछ ।

यस योजनाको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS