IME Life New

प्रभु क्यापिटलद्धारा जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’भन्ने मुल नारा सहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका सहित बालदिवसको शुभअवसर पारेर प्रभु लिटल च्याम्प पीएमएस योजना शुरुवात गरेको हो । यसै विषयलाई लिएर हालप्रभु क्यापिटलले “आशा”नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ ।

यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ । यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगीबन्न सक्नुहुनेछ भन्ने जानकारी दिएको छ ।

Esewa
Crest

प्रभु क्यापिटलको यो लिटिल च्याम्पपिएमएसभर्खरै जन्मिएकाबच्चादेखि १८ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षित भविष्यको लागि शुरु गरेको हो । जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।

प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS