IME Life New

समृद्धि फाइनान्स र ग्रोथ सेलरबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स र ग्रोथ सेलरप्रा.लीबिच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ । यो सम्झौता पछी समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्नेछ ।

संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ती दक्ष, अर्धदक्ष, सिकारु आवश्यकता हेरी नियुक्तिको लागि ग्रोथ सेलरले समन्वय गर्ने समृद्धि फाइनान्सले जनाएको छ ।समृद्धि फाईनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्वपूर्ण भुमिका खेल्ने विश्वस व्यक्त गर्दै ग्रोथ सेलर प्रा. लि.का संस्थापक अध्यक्ष मोहन ओझाले समृद्धिसंग जोडिन पाउनु खुशीको कुरा रहेको बताए ।

Esewa
Crest

त्यस्तै संस्थाको तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका मानव संसाधन विभागका प्रमुख रामहरि रिमालले उक्त सम्झौताबाट संस्थाले आगामी दिनमा अति आवश्यक अवस्थामा नयाँ जनशक्ति नियुक्ति गर्न सहज अवस्था सिर्जना गरेको र यसले दुवै संस्थालाई फाईदा पुग्ने विचार व्यक्त गरे ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्र्तगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसकासाथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS