नेपाल राष्ट्र बैंकले कर्मचाचरीलाई दुई हपता तालिम दिनुपर्ने व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले यो व्यवस्था भने नयाँ कर्मचारीको लागि ल्याएको हो ।
राष्ट्र बैंकले कर्मचारी भर्ना गरेको १ महिनाभित्र दुई हप्ता तालिम दिन बैंकहरुलाई निर्देशन जारी गरेको हो । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले यो निर्देशन अनिवार्य लागू गर्नुपर्ने बैंकले जनाएको छ ।