IME Life New

बैंकहरु आकर्षक मुनाफा गर्न सफल, कुनले कति गरे नाफा, वृद्धिका आधारमा कुन अघि (सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालसम्म ११ वाणिज्य बैंकले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ वाणिज्य बैंक मध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले गत वर्ष ५ अर्ब २० करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ४ अर्ब १६ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद नाफामा २५ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै दोश्रोमा एनआईसी एशिया बैंकको खुद नाफा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब २५ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद नाफामा ३९ प्रतिशतको वृद्धि देखिएको छ।

Esewa
Crest

नाफाको वृद्धिको हिसाबमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको वृद्धि राम्रो देखिएको छ।  बैंकले नाफा ६२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। अघिल्लो वर्ष १ अर्ब ३९ करोड नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षमा २ अर्ब २६ करोड खुद नाफा कमाउन सफल भएको थियो । त्यस्तै दोश्रोमा एनसीसी बैंकको नाफा करिव ५२ प्रतिशतले वृद्धि भएको छ।

वित्तिय प्रतिवेदन प्रकाशन गरेका ११ वाणिज्य बैंकले ३१ अर्ब १७ करोड खुद नाफा कमाएकोमा अघिल्लो वर्ष २४ अर्ब १८ करोड खुद नाफा कमाएका थिए । औसतमा ११ वाणिज्य बैंकहरुको नाफा २९ प्रतिशतले वृद्धि भएको छ ।

र यो पनि :

वित्तीय विवरण प्रकाशित गरेका ११ वाणिज्य बैंकमध्ये कुनको

लाभांश क्षमता कति ? (सूची सहित)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS