IME Life New

नेप्सेमा ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल सरकारको ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको छ । २०८४ “छ” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब बराबरको, २०८४ “ज” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब र २०८५ “च” नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि ५ अर्ब बराबरको गरेर कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।

२०८४ “छ” नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव १९ प्रतिशत ब्याजदरमा असार ८ गते निष्काशन गरिएको थियो । यसको साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ । त्यसैगरी २०८४ “ज” नामक विकास ऋणपत्रको वार्षिक ९ दशलमव ०२ प्रतिशत ब्याजदरमा असार १५ गते निष्कासन गरिएको थियो ।

Esewa
Crest

ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुनेछ । त्यस्तै २०८५ “च” नामक विकास ऋणपत्रको वार्षिक ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा असार २२ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८५ असार २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS