IME Life New

ग्लाेबल आईएमई ब्यालेन्स फण्ड बाँडफाँड सम्पन्न, ५६ जनाको आवेदन रद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्डको बाँडफाँड सम्पन्न भएको छ । उक्त फण्ड ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।

फण्डका लागि परेको आवेदनमध्ये ५६ जनाको आवेदन रद्ध भएको छ भने ६० हजार ६६३ जनाले भने माग गरे बमोजिमको फाण्ड प्राप्त गरेको ग्लोबाल आइएमईले जनाएको छ ।

Esewa
Crest

ग्लोबल आइएमई ब्यालेन्स फन्डको प्रति इकाई अंकित मूल्य १० को दरले १२ करोड इकाइको १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लाई १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १.५० प्रतिशत अर्र्थात १८ लाख इकाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई इच्छुक संघसंस्था,सर्वसाधारणहरुका लागि २०७९ असार २२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा विक्रि गरिएको थियो ।

उक्त समय अवधिमा ६० हजार ७१९ जना आवेदकहरुबाट ८ करोड ४५ लाख ८९ हजार ७६० इकाइको लागि आवेदन परेको थियो । जसमध्ये ५६ जना आवेदकको आवेदन रद्ध गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS