Connect IPS
IME Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा ६२ प्रतिशतले बढ्यो, कति दिन सक्ला लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६२.२६ प्रतिशतले लाभांश बढाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा वितरण योग्य मुनाफा भने एक अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

बैंकले खुद व्याज आम्दानीमा पनि उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिमा बैंकले तीन अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ । यहि अवधिमा बैंकले निक्षेप संकलन ७ प्रतिशतले बढाउदा कर्जा लगानी २६ प्रतिशतले बढाएको छ । तरलता अभावको अवस्थालाई यस पटक बैंकले फाइदा उठाएको छ ।

Prabhu
Crest

बैंकले यस अवधिमा ९३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ जम्मा गरेको छ ।

बैंकको पूँजीकोष अनुपात १६ प्रतिशत रहेको छ भने खराब कर्जा ०.५९ प्रतिशत छ । सिडी रेसियो भने ८५.१५ प्रतिशत छ ।

बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ । तर बैंकको वितरण योग्य मुनाफाका आधारमा १६ प्रतिशत हुन आउछ । बैंकको जगेडा कोषमा ५ अर्ब भन्दा माथि छ । यसले गर्दा बैंकले यस पटक वितरण योग्य मुनाफाबाट मात्रै लाभांश दियो भने पनि १६ प्रतिशत दिन सक्छ । साथै गएका वर्षमा लाभांशमा रोक लगाएकाले जगेडामा राम्रो रकम जम्मा भएको छ । यदि जगेडा कोषलाई पनि लाभांशमा प्रयोग गर्यो भने बैंकको लाभांश राम्रो आउन सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS