काठमाडौं । एनआईसी एशिया लघुवित्तको खुद नाफा २४ दशमलव ४९ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सहेी अवधिमा कम्पनीले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ५८ करोड ५६ अर्ब गुगेको छ ।
१ अर्ब ७३ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ४० करोड रहेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४३ दशमलव ३६ प्रतिशतले बढेर १ अर्ब ४९ करोड पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी ४ दशमलव ६१ प्रतिशतबाट बढेर १६ अर्ब ३१ करोड पुगेको छ । कम्पनीले यस अवधिमा निक्षेप संकलन २५ दशमलव २० प्रतिशतले बढेर ३ अर्ब ३५ करोड पुगेको छ ।
यस अवधिमा कम्पनीले कर्जा प्रवाह २९ दशमलव ३४ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले २१ अर्ब ८४ करोड कर्जा लगानी गरेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३३ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।