Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा १४.८३ प्रतिशतले बृद्धि, लाभांश दिन सक्ने क्षमता कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा १४.८३ प्रतिशलते बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दा वितरण योग्य मुनाफा भने २ अर्ब तीन करोड रुपैयाँ मात्रै छ ।

बैंकले समिक्षा अवधिमा निक्षेप संकलन ५.८६ प्रतिशतले विस्तार गरि एक खर्ब ८४ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जा विस्तार भने एकदमै न्युन छ । बैंकले यस अवधिमा एक खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Prabhu
Crest

निक्षेप संकलन तथा कर्जा लगानीबाट बैंकले खुद व्याज आम्दानी ६.३७ प्रतिशलते सुधार गरेको छ । यस अवधिमा बैंकले ५ खर्ब ९४ अर्ब रुपैयाँ आर्जन गरेको छ । बैंकको चुक्ता पूँझी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ ।

समिक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १५.९९ प्रतिशत रहेको छ भने खराव कर्जा २.४६ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झार्न सफल भएको छ ।

प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ छ । सिडी रेसियो ८५.१४ प्रतिशत रहेको छ । यस वर्ष बैंकले खराव कर्जा सल्टाएर नाफामा समान्य सुधार गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ भए पनि वितरण योग्य मुनाफा २ अर्ब तीन करोड रुपैयाँ मात्रै छ । साथै बैंकको जगेडा कोषमा १४ अर्ब रुपैयाँ रहेको छ । यदि बैंकले वितरण योग्य मुनाफाबाट मात्रै लाभांश दियो भने पनि न्युनतम १० प्रतिशत दिन सक्छ । तर बैंकले बोनस शेयर दिएर पूँजी बढाउन चाह्यो भने जगेडा कोषबाट थप बोनस शेयर दिन सक्नेछ । जुन कम्पनीको सञ्चालक समितिमै भर पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS