काठमाडौं । सानिमा बैंकले भिडियो केवाइसी सेवा सुरु गरेको छ । नेपाल बाहिरका नेपाली नागरिकलाई मध्य नजर गर्दै बैंकले भिडियो मार्फत खाता खोल्न सक्ने सेवाको सञ्चालन गरेको हो ।
इस सेवा मार्फत विदेशमा रहेका नेपालीहरुले विदेशबाटै अनलाइन खाता खोलेर आफ्नो खाता सुचारु गर्न सक्नेछन् । भिकेवाइसी सुविधा मार्फत ग्राहकहरुले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्न पाउने व्यवस्था रहेको बैंकले जनाएको छ ।
यो सेवाका लागि ग्राहकले भिकेवाइसी मार्फत आफूले कुरा गर्न चाहेको समय र मिति तय गर्नुपर्ने हुन्छ । सोही अनुरुप प्रमाणीकरण स्वीकृत भए नभएको जानकारी भने इमेल वा फोन कल मार्फत जानकारी गराइन्छ । साथै भिकेवाइसी प्रमाणीकरण भएपछि भने ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न र वार्षिक रुपमा खाताबाट १ करोडसम्म खर्च गर्न सक्नेछन् ।