IME Life New

एनआईसी एशिया बैंकले तीन जना बचतकर्तालाई गर्यो १०/१० लाखको बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत तीनजना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यस योजना अन्तर्गत बैंकले स्वयम्भु, जाजरकोट, थलीलगायत शाखामा ‘एम्बेस्डर’ श्रेणीको खाता खोल्ने तीन ग्राहकले यो सुविधा प्राप्त गरेका हन् । बैंकका अनुसार हरिन्द्र शाह तेली, प्रचण्डजंग शाह, सञ्जित तामाङले यो सुविधा प्राप्त गरेका हुन् ।

Esewa
Crest

शुक्रबार आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले ग्राहकलाई संयुक्त रुपमा बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकका अनुसार बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म मुलुकभरका ११ सय ३७ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमा वापत दुई करोड ४० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रुपैयाँ र मेडिकल बीमा वापत दुई करोड ६९ लाख रुपैयँ गरी कुल पाँच करोड ४९ लाख रुपैयाँ भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा दिँदै आएको छ। बैंकले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता सेवा दिँदै आएको जनाइएको छ ।

यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस-सी आइपिएस-फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गरेको अन्य तीन व्यक्तिका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क व्यवस्था रहेको बैंकले जनाएको छ।

हाल यो बैंकको मुलुकभर रहेका तीन सय ५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS