IME Life New

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले सिद्धार्थनगर सिटी अस्पतालको सेवामा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पताल का तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS