IME Life

समृद्धि फाइनान्सले ल्यायो ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्घति निक्षेपको योजना अन्र्तगत ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।

यस निक्षेप योजना को लक्षित ग्राहकहरु, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू रहेका छन् । साथै विदेशमा काम गर्ने व्यक्तिहरुले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकहरूलाई पनि आकर्षित गर्नु हो र न्यूनतम ५० हजारदेखि नै खाता खोल्न सकिने र समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

Prabhu
Crest

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS