Connect IPS
IME Life

सानिमा बैंकले असार १० गतेदेखि ऋणपत्र विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नाममको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार अंकित दरका ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

Prabhu
Crest

सर्वसाधारणका लागि छुट्याएको मध्यबाट ५ प्रतिशत सामूहिक लगानीकोषका लागि विक्रीको आह्वान गर्दा कुनै पनि आवेदन नपरेको जानकारी बैंकले दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार १४ गतेसम्ममा विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २४ गतेसम्म विक्री गरिने मिति तय भएको छ । सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आवेदकले विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS