Connect IPS
IME Life

जेठ अन्तिम साता सुधारिएन निक्षेप, सिडी रेसियो ९०.२२ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जेठ दोस्रो र तेस्रो सातामा सुधारिएको निक्षेप अन्तिम सातामा भने जम्मा तीन अर्ब रुपैयाँमै सिमित भएको छ । बाणिज्य बैंकहरुले जेठ २२ गतेदेखि २७ गतेसम्ममा तीन अर्ब रुपैयाँले निक्षेप बढाएकोमा कर्जा लगानी भने २ अर्बले घटेको छ ।

बैंकहरुले जेठ २७ गतेसम्ममा ४३ खर्ब ९३ अर्ब रुपैयाँले निक्षेप संकलन गरी ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जेठ महिनामा मात्रै २३ खर्ब रुपैयाँले निक्षेप सुधार भएको छ भने जम्मा २ खर्बले मात्रै कर्जा विस्तार भएको छ ।

Prabhu
Crest

निक्षेप संकलनको तुलनामा कर्जा विस्तार नहुँदा सिडी रेसियो ९०.२२ प्रतिशतमा झरेको छ । सिडी रेसियोका कारण बैंकहरुको कर्जा विस्तार ठप्प छ । नेपाल राष्ट्र बैंकले असार मसान्त भित्रमा सिडी रेसियो ९० प्रतिशत झार्न निर्देशन दिइसकेको छ । असार भित्रमा राष्ट्र बैंकले निर्देशन गरेका व्यवस्था कार्यान्वयन नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित गर्ने गभर्नर अधिकारीले घोषणा गरेका छन् । यसले गर्दा बैंकहरुले नयाँ कर्जा प्रवाह नगरी निक्षेप खोजेर बसिरहेका छन् । अहिले बैंकहरुलाई कि त कर्जा उठाउनु पर्ने या त निक्षेप बढाउनु पर्ने दवाव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS