Connect IPS
IME Life

समृद्धि फाइनान्सले अवितरित हकप्रद शेयर असार १ गतेदेखि विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर असार १ गतेदेखि विक्री हुने भएको छ । कम्पनीले यसअघि फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर निष्काशन गर्दा विक्री हुन नसकेको ९ लाख ४० हजार ४६६ कित्ता संस्थापक शेयर चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।

उक्त अवधिमा पनि विक्री हुन नसकेको संस्थापकतर्फको उल्लेखित शेयर कम्पनीले पुनः लिलामीमा विक्री गर्न लागेको हो । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरूले असार ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले शेयरको प्रतिकित्ता मुल्य १ सय रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ ।

शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । उक्त शेयरमा विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौँडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS