IME Life New

बीमा कम्पनीको जनशक्तिमा पेशागत मर्यादाको अभाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्था अन्तर्गत बीमा क्षेत्रलाई समावेश गरिए पनि यसको संवेदनशीलता बैंक तथा वित्तीय संस्था भन्दा निक्कै बढी छ । बीमा सेवा क्षेत्रको संवेदनशीलताको कारण यसमा संलग्न प्रवद्र्धक, व्यवस्थापक, कर्मचारी र बिक्री प्रतिनिधी(अभिकर्ता)को साथै नियामक निकायलाई समेत कडा अनुशासन पालन गर्नको लागी कडा आचारसंहिता लागू गरिएको छ ।

व्यक्तिगत स्वार्थ बाझिने कुनै पनि कार्य नगर्न बीमा ऐन, संस्थागत सुशासन निर्देशिका, बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, जीवन बीमालेख सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । यसबाहेक बीमा समिति स्वयम् र बीमकहरुको पनि कर्मचारी विनियमावलीले आचारसंहितालाई स्पष्ट पारेको छ ।

Esewa
Crest

पछिल्लो समयमा बीमकको संचालक, उच्च व्यवस्थापक वा कर्मचारी वर्ग पेशागत मर्यादाभन्दा बाहिर गएर राजनीतिक पार्टीको गतिविधिमा संलग्न हुन थालेको गुनासोले व्यापकता पाएको छ । विशेषगरी नेकपा एमालेको महाधिवेशनदेखि नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा बीमा क्षेत्रमा नाम चिनिएका कर्मचारीहरु समेत प्रत्यक्षरुपमा राजनीतिक पार्टीको विभिन्न तहको समिति वा कमिटीमा उम्मेदवारी दिने, निर्वाचित हुने घटना प्रकाशमा आएका छन् ।

आन्तरिक व्यवस्थापन कमजोर हुँदा बीमकको कर्मचारी यूनियनका पदाधिकारीहरु कार्यालयको नियमित काम भन्दा राजनीतिक दलको गतिविधिमा बढी सकृय हुने गरेको गुनासो पनि व्यापक छ । यसले सम्बन्धित कर्मचारीको वृत्ति विकासको साथै कम्पनीको कार्य सम्पादनमा पनि दीर्घकालीन प्रभाव पार्छ ।

यस बाहेक बीमा क्षेत्रको नियामक निकायदेखि लिएर बीमकको उच्च पदस्थ कर्मचारीहरु समेत विभिन्न सहकारी, लघुवित्त कम्पनीको प्रवद्र्धक, संचालकको रुपमा र केही कर्मचारीहरु आचारसंहिता विपरित आफ्नै वा अन्य कम्पनीको अभिकर्ताकोरुपमा सकृयतापूर्वक कार्य गरिरहेका छन् ।

आफू कार्यरत वित्तीय संस्थामा कम्पनीले प्रतिनिधीको रुपमा मनोनयन गरेको बाहेक अन्य कुनै पनि बैंक,वित्तीय संस्थामा संचालक समितिको सदस्यको रुपमा बीमा सेवा क्षेत्रको कर्मचारीलाई सहभागी हुन बन्देज लगाइएको छ । यस बाहेक नियामक निकायको एकाघर परिवारका सदस्यले कुनै पनि बीमा कम्पनीमा जागिर गर्न नपाइने प्रावधान रहे पनि स्वयम् बीमा समितिका उच्च पदस्थ पदाधिकारीहरुको श्रीमति, छोरा, छोरी,बुहारी, ज्वाइँ,नाति,नातिनाहरु हाँकाहाँकी जागिर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS