IME Life New

नेपाल लाइफले मंसिरमा टार्गेट पुरा गर्ने अभिकर्तालाई थप इन्सेन्टिभ सहित पिकनिक लैजाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले असोज महिनाको टार्गेट पुरा गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई थप इन्सेन्टिभ सहित पिकनिक लैजाने भएको छ । आर्थिक वर्ष २०७८/२०७९ धमाका अभिकर्ता, विजनेस कोर्डिनेटर र एजेन्सी म्यानेजर प्रोत्साहन योजना अन्तर्गत असोज महिनामा टार्गेट पुरा गर्नेहरुका लागि ‍यस्तो योजना ल्याएको हो । कम्पनीले हरेक महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई फरक फरक स्किम सहित इन्सेन्टिभ प्रदान गर्दै आइरहेको छ ।

यस महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले पिकनिक जाने पाउने छन् । त्यस्तै ५६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित ४५० रुपैयाँ नगद इन्सेन्टिभ प्राप्त गर्ने छन् । मंसिर महिनामा ८५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित एक हजार ५० रुपैयाँ, एक लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित १८ सय रुपैयाँ, एक लाख ३० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित २४ सय रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले ३ हजार रुपैयाँ र एक लाख ५० हजार रुपैयाँ भन्दा धेरै बीमा शुल्क आर्जन गर्नले पिकनिकका साथै प्रत्येक थप एक लाख प्रथम बीमा शुल्कमा थप ३ हजार रुपैयाँ इन्सेन्टिभ प्राप्त गर्ने छन् ।

Esewa
Crest

यदि अभिकर्ताले १० लाख वा सो भन्दा बढिको प्रथम बीमा शुल्क आर्जन गर्नेले ४ दिन तीन रातको प्याकेज सहित मुक्तिनाथ भ्रमणमा जाने पाउने छन् ।

कम्पनीले एक लाख बीमाङ्क र प्रथम बीमा शुल्क आर्जन ५ हजार वा सो भन्दा माथि अभिकर्ताहरुले दिइने बीमालेखलाई हिरो स्प्लेण्डर मोटरसाइकलका लागि गोला प्रथामा सहभागि हुन पाउने योजना बनाएको छ । कम्पनीले गोला प्रथा मार्फत ५ वटा मोटरसाइकल वितरण गर्नेछ । यो योजनामा संस्थागत अभिकर्ताहरुले भाग लिन पाउने छैनन् । नगद इन्सेन्टिभमा भने कर लाग्ने कम्पनीले जनाएको छ ।

विजनेस कोर्डिनेटरको हकमा भने मंसिर महिनामा हुने अभिकर्ता तालिममा ५ जना नयाँ अभिकर्तालाई सहभागिता गराई कम्तिमा तीन अभिकर्ताहरुलाई सक्रिय गराई उनिहरु मध्येबाट एकले ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेपछि मात्रै पिकनिकमा सहभागि हुन पाइनेछ । त्यस्तै मंसिर महिनामा नियुक्ति वा नविकरण भएका एजेन्सी म्याजरहरु स्वत पिकनिकमा सहभागि हुने पाउने छन् । वा १० लाख रुपैयाँ प्रिमियम दिएका एजेन्सी म्यानेजरहरु पिकनिकमा समावेश हुन पाउने छन् ।

यदि एउटै व्यक्ति अभिकर्ता, व्यवसाय संयोजक तथा एजेन्सी म्यानेजरमा योग्य भएमा कुनै ठाउँको पिकनिकमा मात्रै योग्य भएको मानिनेछ । मुक्तिनाथ योजनामा योग्य भएका अभिकर्ताहरुले भ्रमण शुरु हुने स्थान पोखरासम्मको खर्च आफैले बेहोर्नु पर्नेछ । यो योजनामा एकल बीमा शुल्कलाई गणना नगरिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS