काठमाडौं । प्रभु म्युचुअल फण्डले प्रभु स्मार्ट फण्ड नामक नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ । फण्डले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गर्ने भएको छ । निष्काशन तथा विक्रीका लागि फण्डले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
फण्डले साउन २५ गते बोर्डमा निवेदन दिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु स्मार्ट फण्ड प्रभु म्युचुअल फण्डको दोस्रो योजना हो। पहिलो योजना प्रभु सेलेक्ट फण्डमा अपार सफलता पाए पछि दोस्रो योजना निष्काशन गर्न नियामक निकाय पुगेको हो।