IME Life New

बैशाख महिनामा जीवन बीमाको प्रथम बीमाशुल्क आर्जन १७० करोड, १० महिनामा ३४ अर्ब संकलन (सुची सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनाको अवधिसम्ममा ३४ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा ३४ अर्ब २ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । जुन गत आर्थिक वर्षको यसै अवधिको ५८ प्रतिशत बढी हो।  गत वर्ष यसै अवधिमा २१ अर्ब ५३ करोड रुपैयाँ  प्रथम बीमाशुल्क  संकलन गरेका थिए।  २०७८ बैशाख महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

आर्थिक वर्ष २०७७ /७८ को १० महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले बैंशाख मसान्तसम्ममा ७ अर्ब ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले बैशाख मसान्तसम्ममा ३ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड, एशियन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६३ करोड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५२ करोड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४४ करोड, मेट लाइफले १ अर्ब २८ करोड, रिलायन्स लाइफले १ अर्ब १८ करोड, प्राइम लाइफले १ अर्ब १२ करोड, सानिमा लाइफले १ अर्ब ८ करोड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले  १ अर्ब ५० करोड र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

करोडमा प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७ /७८ को १० महिनासम्ममा प्रभु लाइफले ७४ करोड,सन नेपाल लाइफले ७२ करोड, राष्ट्रिय बीमा संस्थानले ६८ करोड र महालक्ष्मी लाइफले ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

बैशाख महिनामा मात्रै कुन कम्पनीले कति गरे प्रथम बीमा शुल्क संकलन 
२०७८ बैशाख महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड रपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।  कम्पनीले बैशाख महिनामा मात्रै ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले बैशाख महिनामा मात्रै १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । बैशाख महिनामा मात्रै १७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । चौथोमा  सानिमा लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, मेट लाइफ इन्स्योरेन्स कम्पनीले १२ करोड, एलआइसी नेपालले ९ करोड, ज्योति लाइफले ९ करोड, यूनियन र सिटिजन लाइफले ८ -८ करोड, रिलायन्स लाइफले ६ करोड, सूर्या लाइफले ५ करोड, एशियन लाइफले ४ करोड, आइएमई लाइफले ४ करोड, प्राइम लाइफले ४ करोड, सन नेपाल लाइफले ३ करोड, राष्ट्रिय बीमा संस्थानले ३ करोड, प्रभु लाइफले ३ करोड, गुराँस लाइफ र महालक्ष्मी लाइफले २-२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS