IME Life New

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सबै प्रस्ताव सर्वसम्मतिबाट पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भक्तपुर मध्यपुर थिमी–३ कौशलटार स्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

यसअघि असार ३२ गते आह्वान गरिएको वार्षिक साधारण सभा आवश्यक गणपूरक संख्या नपुगेका कारण स्थगित भएकोमा सञ्चालक समितिको निर्णय बमोजिम पुनः आह्वान गरिएको उक्त सभा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुन तथा संस्थाको प्रबन्धपत्र एवं नियमावली बमोजिम सम्पन्न भएको हो।

Esewa
Crest

कार्यक्रमको प्रारम्भमा संस्थाका सञ्चालक सञ्जु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण शेयरधनी महानुभाव, अतिथिहरू तथा सहभागीहरूलाई हार्दिक स्वागत गरेकी थिइन् । उनले संस्थाको कठिन परिस्थितिमा समेत निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्दै साधारण सभामा सहभागी हुनुभएका सम्पूर्ण शेयरधनीप्रति आभार व्यक्त गरिन् ।

सभामा संस्थाका अध्यक्ष तथा सभाध्यक्ष राजकुमार राईले आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभाका लागि प्रस्तावित सामान्य तथा विशेष प्रस्तावहरू स्वीकृतिका लागि पेश गरे । आफ्नो मन्तव्यमा उनले संस्थाले पछिल्लो अवधिमा सामना गरेका चुनौतीहरू, वित्तीय सुधारका लागि अवलम्बन गरिएका रणनीतिहरू, सुशासन, जोखिम व्यवस्थापन, निष्क्रिय कर्जा न्यूनीकरण, व्यवसायिक पुनर्संरचना तथा आगामी कार्यदिशाबारे प्रकाश पार्दै शेयरधनीहरूको विश्वास र सहयोगका साथ संस्थालाई थप सक्षम, प्रतिस्पर्धी र दिगो संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभामा शेयरधनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। २१ जना शेयरधनीहरूले सञ्चालक समितिको प्रतिवेदनमाथि आफ्ना धारणा, सुझाव तथा जिज्ञासा राख्दै संस्थाको भावी सुधारका लागि रचनात्मक सुझाव प्रस्तुत गरे ।

छलफलका क्रममा विशेषगरी निष्क्रिय कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, घाटामा सञ्चालन भइरहेका शाखाहरूलाई नाफामुखी बनाउने, जनशक्तिको यथोचित व्यवस्थापन गर्ने, संस्थाभित्र देखिएका आन्तरिक द्वन्द्वको व्यवस्थापन गर्ने, आगामी वर्षहरूमा कानुनी समयसीमाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने तथा लगानीकर्ताहरूलाई नियमित रूपमा धेरथोर प्रतिफल उपलब्ध गराउने विषयहरूमा शेयरधनीहरूले आफ्नो ध्यानाकर्षण गराए ।

शेयरधनीहरूबाट उठाइएका जिज्ञासा, प्रश्न तथा सुझावहरूको सम्बन्धमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले विस्तृत रूपमा जवाफ दिँदै संस्थाको वर्तमान वित्तीय अवस्था, निष्क्रिय कर्जा न्यूनीकरणका लागि सञ्चालन गरिएका कार्यक्रम, व्यवसायिक पुनर्संरचना, शाखा व्यवस्थापन, जनशक्ति परिचालन, नियामकीय व्यवस्थाको पालना तथा आगामी रणनीतिक योजनाबारे जानकारी गराए । उनले संस्थाको व्यवसायिक अवस्था क्रमशः सुधारको दिशामा अघि बढिरहेको उल्लेख गर्दै शेयरधनीहरूको सुझावलाई आगामी कार्ययोजना तथा व्यवस्थापन सुधारमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत रहेका पाँचवटै प्रस्ताव तथा विशेष प्रस्ताव अन्तर्गत रहेका चारवटै प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। पारित विशेष प्रस्तावहरूमध्ये नियामकीय स्वीकृति प्राप्त भएपछि संस्थाको पूँजीवृद्धि योजना कार्यान्वयन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा आवश्यक परेमा समान प्रकृतिका लघुवित्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्तावहरू समेत रहेका थिए।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा संस्थाका अध्यक्ष राजकुमार राईले १९ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण शेयरधनी महानुभाव, सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, कर्मचारीहरू, नियामकीय निकायहरू, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।

उनले शेयरधनीहरूबाट प्राप्त रचनात्मक सुझावलाई सञ्चालक समिति र व्यवस्थापनले सकारात्मक रूपमा ग्रहण गर्दै संस्थाको व्यवसायिक सुदृढीकरण, सुशासन अभिवृद्धि तथा शेयरधनीहरूको हित संरक्षणलाई केन्द्रमा राखी आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे

संस्थाले साधारण सभाबाट प्राप्त मार्गदर्शन तथा पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत व्यवसायिक सुधार, वित्तीय सुदृढीकरण, सुशासन अभिवृद्धि र शेयरधनीहरूको दीर्घकालीन हित संरक्षणमा केन्द्रित भई आगामी दिनमा थप सकारात्मक परिणाम हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS