एजेन्सी। बंगलादेशको सरकारले त्यहाँको बीमा बजारको डिजिटलीकरणको लागि ७० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । बीमा बजारमा जनताले पाउनु पर्ने सेवा सुविधा छिटो र सहज रुपमा प्रवाह गर्ने मूल उद्धेश्यको लागि सो रकम लगानी गर्न लागिएको हो ।
त्यस्तै सो रकम नियामक निकायको क्षमता अभिवृद्धि गर्नको लागि पनि प्रयोग हुने छ । यस परियोजना पश्चात बीमा कम्पनीहरुलाई सुपरीवेक्षण तथा अनुगमन गर्न र पारदर्शीताको लागि सहयोग मिल्ने छ । त्यस्तै सो रकमले आईटीको पूर्वाधार विकास र दुरशिक्षाका लागि विभिन्न केन्द्र स्थापनाको लागि पनि प्रयोग हुने छ ।
बंगलादेश सरकारको यस प्रकारको लगानीले त्यहाँको बीमा बजारमा जनताको पहुँच वृद्धि हुने विश्वास त्यहाँको बीमा कम्पनीले लिएका छन् ।