IME Life New

बंगलादेशले अर्को वर्षबाट बैँकास्योरेन्स सुरु गर्दै, बीमा बजार उत्साहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। बंगलादेशको बीमा बजार नियामक बीमा नियमन प्राधिकरणले अर्को वर्ष देखि बैँकास्योरेन्स लागु गर्न अन्तिम तयारीमा जुटेको छ। बैंक मार्फत त्यहाँको बीमा बजार विस्तार गर्न नियामकले यस्तो कदम चालेको हो।

बीमा नियमन प्राधिकरणले बैंक तथा बीमा कम्पनी दुवैलाई राम्रो हुने जानकरी दिएको छ। बीमा नियमन प्राधिकरणका अध्यक्षका अनुसार सम्पूर्ण प्रक्रिया पुरा भए पश्चात अर्को वर्ष देखि बैँकास्योरेन्स लागु हुने छ।
बंगलादेशमा १६० मिलियन जनता भएकोमा १२ मिलियन जनताले जीवन बीमा पोलिसी खरिद गरेका छन् र बैँकास्योरेन्स पश्चात बंगलादेशमा सो संख्या बढ्नेमा नियामक ढुक्क छ।

Esewa
Crest

बैँकास्योरेन्सको मस्यौदा अनुसार बैंकले कपोर्रेट बीमा अभिकर्ताको रुपमा काम गर्न पाउने छन्। त्यस्तै बैँकास्योरेन्सको सम्झौता अघि बीमा कम्पनीहरु र बैंकहरुले आफ्नो आफ्नो नियामक निकाय संग अनुमति लिनु पर्ने छ।

बंगलादेशको बीमा बजारमा ७९ वटा बीमा कम्पनी छन् जसमा ३३ जीवन बीमा कम्पनी छन् र ५८ वटा बैंकले देश भर दश हजार शाखाबाट सेवा दिदै आएका छन्।

बंगलादेशको बीमा पेनिट्रेसन दर दक्षिण एशियामा कम छ। बंगलादेशमा सो दर शुन्य दशमलव ५७ प्रतिशत रहेकोमा भारतमा ३ दशमलव ७० प्रतिशत रहेको छ भने श्रीलंकाको १ दशमलव १५  प्रतिशत रहेको छ।

पश्चिमी मुलुकहरुमा बैँकास्योरेन्स निकै फस्टाएकोमा बंगलादेशमा भने नयाँ हो। सन् १९८० मा फ्रान्समा बैँकास्योरे निकै लोकप्रिय भएकोमा अमेरिकाले सन् १९९९मा सुरु गरेको थियो। भारतले बहने सन् २०००मा यो सेवा सुरु गरेको थियो। भारतमा एसबीआई लाईफ इन्स्योरेन्सले सन् २०११ मा एसबीआई बैंक संग मिलेर यो सेवा दिएको थियो। केन्यामा भने सन् २००४मा यो सेवा उपलब्ध थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS