IME Life New

भारतमा ८६% बीमा धोकाधडीका घटना जीवन बीमा क्षेत्रसँग सम्बन्धित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको बीमा उद्योग द्रुत गतिमा बढिरहेको छ। तर, यही बेला एउटा गम्भीर चुनौती पनि बढिरहेको छ। त्यो हो, बीमा धोकाधडी।

बीमा धोकाधडीे समस्याले कम्पनीहरुलाई आर्थिक रुपमा कमजोर पार्ने मात्र नभई इमान्दार ग्राहकलाई बढेको प्रिमियमदर तिर्न बाध्य तुल्याइरहेको छ। भारतमा बीमा क्षेत्रमा धेरै ठगीका घटना बाहिर आइरहेका छन्। भारतमा हुने बीमा धोखाधडी घटनामध्ये ८६ प्रतिशत जीवन बीमा क्षेत्रसँग सम्बन्धित छन्। यो निर्जीवन बीमा क्षेत्रमा हुने ठगीभन्दा झन्डै ६ गुणा बढी हो।

Esewa
Crest

तथ्यांकअनुसार विभिन्न किसिमका धोकाधडी घटनाका कारण भारतको बीमा उद्योगले बर्सेनि भारु ३ खर्बभन्दा बढी घाटा व्यहोर्नुपरेको छ। यसको मतलब कम्पनीहरुले बीमा धोकाधडीका कारण आफ्नो कुल राजस्वको ८.५ प्रतिशत गुमाउँछन्।

भारती एक्सा लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख नितिन मेहताका अनुसार कुनै व्यक्तिले जानीजानी वा झुट बोल्दा आफूले हक नभएको फाइदा वा फाइदा लिन बीमा ठगी हुने गरेको हुन्छ। ‘डिजिटलाइजेसनको गति बढ्दै जाँदा र मानिसहरु दुर्गम ठाउँबाट काम गर्न रुचाउँछन् तर यस्तो अवस्थामा ठगहरुले कमजोरीको फाइदा उठाउन तत्पर हुन्छन्’, उनले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS