IME Life

अग्नी बीमा के हाे ? र यसकाे दाबी कस्ताे अवस्थामा लाग्दैन ?

SPIL
NIC ASIA

काठमाडाै‌ं । आगलागीको कारणबाट उद्याेग व्यवसायमा आइपर्न सक्ने संभावित जाेखिमबाट हुनसक्ने आर्थिक नाेक्सानीकाे भार न्यून गर्ने उद्देश्यले अग्नी बीमा गरिन्छ। अग्नी बीमालेखमा विभिन्न शर्तहरुकाे अधिनमा रहने गरी बीमकले जाेखिम बहन गर्ने प्रत्याभूती दिएकाे हुन्छ। अग्नी बीमा गरेकाे अवस्थामा पनि कहिलेकाहीँ बीमित वा पीडित पक्षले क्षतिपूर्ती नपाएकाे अवस्था पनि हामीले देखे वा सुनेका हुनसक्छाै‌ं।

बीमा प्राविधिक र कानूनी विषय समेत भएकाले बीमा दाबी पाउनका लागी बीमितले विशेष सचेतता अपनाउनु अत्यन्तै जरूरी हुन्छ । थाेरै पनि लापरवाही भएकाे अवस्थामा बीमकले दाबी दिन अस्वीकार गरिदिन सक्छ । अग्नी बीमा दाबी अस्वीकृत वा रद्द हुनुका केही कारणहरुबारे यहाँ चर्चा गरिएको छ ।

Prabhu
Crest

आगलागी र अन्य प्राकृतिक प्रकोपहरू जस्तै बाढी, हुरी, चक्रवात आदिले कुनै पनि व्यक्ति वा सम्पत्तिलाई व्यापक क्षति पुर्‍याउन सक्छ। यस्तो दुर्घटनाले तुरुन्तै पीडित पक्षकाे मनमा ठूलो भावनात्मक आघात सिर्जना गर्छ। यस्तो क्षतिबाट भएकाे नाेक्सानीकाे क्षतिपूर्ती लिएर पूर्ववत अवस्थामा व्यापारलाई फर्काउनु चुनाैतीपूर्ण काम हाे । भाैतिकरुपमा क्षति भएकाे सम्पत्तीकाे क्षतिकाे पूर्ती गर्न र क्षतिको पुनर्निर्माण गर्न वर्षौंसम्म समय पनि  लाग्न सक्छ। कहिलेकाहीँ फेरी कहिल्यै पुनर्निर्माण नै नहुने गरी सदाकालका लागी उद्याेग व्यापार ध्वस्त हुन पनि सक्छ।

तपाईले आफ्नाे घर, पसल, उद्याेग वा गाेदामकाे लागि अग्नी बीमाको उपयुक्त प्रकार राेज्नुपर्छ, जसले तपाईंलाई सबै सम्भावित हानीहरूबाट जोगाउन सक्छ। विशेष जोखिम वहन सहितको अग्नी बीमालेख अर्थात् सामान्य दुर्घटना बाहेक अन्य कुनै विशेष दुर्घटनाबाट हुने क्षतिलाई बहन गर्ने बीमालेख । यस प्रकारको विशेष बीमालेखले तपाईलाई तपाईको सम्पत्तिको क्षतिपूर्ति प्राप्त गर्ने सुनिश्चितता प्रदान गर्छ।

जब बीमा दाबी पेश गरिन्छ, तपाईले बीमालेखको वास्तविक प्रकृति र चरित्र थाहा पाउनुहुनेछ। त्यसैले बीमा दाबी गर्दा प्रयाेग हुनसक्ने शर्तहरू र कुन कुन अवस्थामा बीमा दाबी अस्वीकृत हुनसक्छ भन्ने बारे जानकारी हुनु धेरै महत्त्वपूर्ण छ। बीमाको भाषामा यसलाई शर्तहरू भनिन्छ।

बीमा अवधिमा दुर्घटनाबाट हुने कुनै पनि आर्थिक नोक्सानीको भुक्तानी गर्ने दायीत्व बीमा कम्पनीको हो । त्यसैगरी, बीमा गरिएको सम्पत्ति वा सामाग्रीको उचित व्यवस्थापन गर्नु बीमितको दायित्व हो। नोक्सानी न्यून गर्न आवश्यक कदम चाल्नु बीमितकाे नैतिक दायित्व हो। उदाहरणका लागि कुनै उद्याेगमा आगलागी भइहाल्याे भने नियन्त्रणमा लिनका लागि उद्याेगीले सबै उपाय अपनाउनुपर्छ । तर यसकाे विपरित बीमा कम्पनीबाट क्षतिपूर्ती पाइ हालिन्छ नि भनेर कुनै प्रयास नगरेकाे अवस्थामा बीमा दाबी अस्वीकृत हुनसक्छ ।

यहाँ केही सामान्य कारणहरू उल्लेख गरिएका छन् जसले बीमा दाबीलाई किन बीमकले अस्वीकृत गर्छ भन्ने बुझ्न सहयाेग पुर्‍याउनेछ।

१) मौसमः

बीमा गरिएका घर टहरा गाेदाममा माैसमी कारणले बिस्तारै चिरा पर्न सक्छ । उदाहरणका लागि, घामको तापका कारण पर्खालकाे प्लाष्टर वा छानाकाे प्लास्टर फुट्नु, लगातारको वर्षाको पानीका कारण घरगाेदामकाे छतमा पानी जमेर छत चुहिने,कमजाेर हुने, खिया लागेर जस्ताकाे छानाे क्षयीकरण हुनु।

२) अपूर्ण वा खराब पाइपलाइनहरूः

खाना पकाउने ग्याँस पाइपमा खराबी, बिजुलीकाे कमजाेर वायरिङ, पानी र ढल निकासका लागि जडान गरिएकाे पाइपमा खराबीका कारण पनि बीमा गरिएकाे सम्पत्तीमा नाेक्सानी पुग्न सक्छ। यस्ताे प्राविधिक कमजाेरी र लापरवाहीका कारण बीमा गरिएकाे सम्पत्तीमा क्षति नाेक्सानी पुगेकाे जानकारी बीमकले पाएकाे अवस्थामा दाबी अस्वीकृत गरि दिनसक्छ । सम्पत्तिकाे मालिकको हैसियतमा आफ्नाे सम्पत्तिको उचित हेरचाह गर्नु बीमितकाे जिम्मेवारी हो।

३) अपूर्ण डिजाइन र संरचनात्मक कमजाेरीः

नवनिर्मित संरचना वा संरचनात्मक वितरणमा त्रुटी (इँटा, बालुवा, सिमेन्ट, रडहरूकाे उचित मात्रामा प्रयाेग नभएकाे अवस्था) को परिणाम स्वरूप नयाँ भवन र संरचनाहरु कहिलेकाहीं चर्किने हुनसक्छ। भवन निर्माणको शुरुमा पाइलिङमा त्रुटीका कारण कारण पनि यो हुन सक्छ। यस्तो कुनै पनि हानी अग्नी बीमालेख र अतिरिक्त जोखिमसँग बीमालेखहरु अन्तर्गत जोखिम बहन गरिएको हुँदैन। त्यसैले बीमा गर्ने सम्पत्तीहरुकाे स‌ंचरना निर्माण दुरूस्त छ र प्राविधिक कमजाेरीहरू छैनन् भन्ने सन्दर्भमा बीमित स्वयम् सुनिश्चित हुनुपर्छ।

४) त्रुटीपूर्ण डिजाइनः

त्रुटीपूर्ण डिजाइन, असक्षम प्राविधिक, अपूर्ण वा कमजोर निर्माण सामग्रीको कारणले बीमा गरिएको सम्पत्तिमा क्षति पुगेमा बीमा दाबी अस्वीकार हुनेछ। यसबाहेक हाइटेन्सन लाइन मुनी निर्माण गरिएकाे भाैतिक संरचनामा हुने आगलागी समेत बीमकले दाबीकाे दायरामा पर्दैन भनेर स्वीकृत गर्नसक्छ। अग्नी नियन्त्रणका लागी अग्नी धुँवा सूचक यन्त्र, पर्याप्त पानी, ट्यांकीकाे व्यवस्था, अग्नी सामक यन्त्र(फायर एक्स्टिङगुइसर) लगायतकाे उचित व्यवस्थापन नभएकाे भवन वा संरचनामा पनि आगलागीबाट कुनै दुर्घटना भएर क्षति पुगेकाे अवस्थामा बीमा दाबी अस्वीकृत हुनसक्छ।

५ ) बीमाको विषयवस्तुः

बीमा गरिएको विषय वा सम्पत्ति अग्नी र विशेष जोखिम बीमालेख अन्तर्गत समेटिएको छ भने पनि, सम्पत्तिको विस्तृत विवरण र रकम (रुपैयाँमा) बीमालेखमा नै उल्लेख गरिएको हुनुपर्छ।

६) अधिग्रहण वा सडक बिस्तारकाे परिणामस्वरूप हुने क्षतिः

सरकारी आदेशबाट सरकारी निर्णयहरूका कारण कुनै सडक वा सार्वजनिक पूर्वाधार बिस्तारका क्रममा बीमा गरिएकाे सम्पत्तीमा क्षति पुगेकाे अवस्थामा पनि बीमा दाबी लाग्दैन । यसैगरी स‌ंरचना पूर्णरूपमा भत्काउनुपर्ने वा केही परिवर्तन र परिमार्जन गर्दाकाे क्षति बीमा दाबी भुक्तानी अन्तर्गत समेटिएको हुँदैन।

७) चोरी, डकैतीः

आगलागी हुँदा वा आगलागी भइसकेपछि वा दुर्घटना भइरहेका बेला चोरी भएमा पनि त्यस्तो नोक्सानीलाई सामान्य अग्नी बीमालेखले समेट्दैन । अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर हुलदंगा, बाढी, हड्ताल, आतंकवादबाट हुने क्षतिको लागि थप जोखिम अग्नी बीमा अन्तर्गत समावेश गर्न सकिन्छ।

८ ) प्रस्तावित बीमाको विषयवस्तु वा सम्पत्तिमा  बीमितको प्रत्यक्ष हित नजोडिएको अवस्थाः

यदि बीमा गरेको विषयवस्तु वा सम्पत्तिमा बीमितको प्रत्यक्ष हित जोडिएको छैन भन्ने प्रमाणित भएकाे अवस्था अर्थात्त बीमायाेग्य हित नभएकाे अवस्थामा पनि बीमालेख स्वतः समाप्त हुनेछ। बीमा याेग्य हित भनेकाे सम्पत्ति नोक्सानी हुनुभन्दा पनि सुरक्षित रहँदा बीमितकाे हितमा रहने अवस्थालाई बीमायाेग्य हित रहेकाे अवस्था जनाउँछ।

९) विद्युतीय वा यान्त्रिक गडबडीः

सामान्य विद्युतीय गडबडी वा यान्त्रिक गडबडीका कारणले मेशिनरीमा आकस्मिक क्षति स्वतः हुन सक्छ। यस्तो क्षति आगोबाट नभएको अवस्थामा पनि बीमा दाबी रद्द हुनसक्छ। लगातार प्रयाेगमा ल्याइएकाे कारण वा प्रयोग गरिएको मेशिनमा अत्यधिक तनाव, मेशिनबाटै निस्किएकाे अनपेक्षित ताप, बिजुली चुहावट वा मानवीय त्रुटीका कारण सर्ट सर्किट हुनसक्छ। त्यसैले सम्पत्ती मालिकले विद्युत लाइन र लाइनका स्रोत, विद्युतीय मोटर, पावर हाउसको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ ।

१०) रोकथामका कदम चाल्न असफलः

बीमा गरिएको सम्पत्ति दुर्घटनामा पर्दा क्षति न्यूनीकरण गर्न सक्दो प्रयास गर्नु बीमितको नैतिक जिम्मेवारी हो। सम्भव भएसम्मका रोकथामका उपायहरु अपनाउनुपर्छ। बीमा दाबी पेश गरेपछि, सर्वेक्षकले घटना र क्षतिग्रस्त सम्पत्तिको सर्वेक्षण वा अवलोकन अनुसन्धान गर्छन्। अनुसन्धानकाे क्रममा यो प्रमाणित भयो कि बीमितको तर्फबाट कुनै लापरवाहीको परिणामस्वरुप आर्थिक नोक्सानी भएको छ वा नोक्सानी कम गर्न आवश्यक कदम चालिएकाे थिएन भने बीमा दाबी रद्द हुनसक्छ। जस्तै आगलागी भएकाे जानकारी पाएकाे कति समयकाे अन्तरालमा प्रहरी र अग्नी नियन्त्रक दल(दमकल)लाई जानकारी गराइएकाे थियाे । विद्युत प्रशारण बन्द गर्न नजिककाे पावर हाउसमा कुन सयममा जानकारी दिइएकाे थियाे भन्ने विषयहरु पनि अनुसन्धानकाे पाटाेमा समेटिने गरेकाे छ।

माथि उल्लेख गरिएका कारणहरू बाहेक अन्य कारणले पनि बीमा दाबी अस्वीकृत हुनसक्छ। बीमा दाबीको समयमै भुक्तानी सुनिश्चित गर्न निम्न जानकारीहरु राख्नु अत्यत्नै जरुरी हुन्छ।

क) बीमा गरिएकाे सम्पत्तिमा कुनै क्षति पुगेको छ भने बीमा कम्पनीलाई सकेसम्म चाँडो दुर्घटनाबारे जानकारी दिनुहोस् । समयमै बीमालेख नवीकरण गर्नुहोस् ।

ख) बीमा गरिएको सम्पत्तिको कुनै पनि परिवर्तन, स्थानान्तरण, परिमार्जन, संशोधनको बारेमा बीमकलाई तुरुन्तै सूचित गर्नुहोस्। मूल बीमालेख र सम्पुष्टीमा लेखिएका सबै नियम र शर्तहरू ध्यानपूर्वक पढ्नुहोस्।

ग) बीमालेखले कस्ता जोखिमहरू समेट्छ र यसले के कस्ता जोखिमहरू बहन गर्दैनन् भनेर जान्नुहोस्। दुर्घटनाको समयमा क्षति कम गर्न आवश्यक कदम चाल्नुहोस्।

घ) दाबीका लागी आवश्यक पर्नसक्ने कागजातहरू जस्तै खरिद बिक्री बिल, खरिदबिक्री खाता, स्टक रिपाेर्टहरू अध्यावधिक राख्नुहोस् । यी विवरणलाई प्रमाणीकरण गर्नुहोस् । क्षतिको मात्रालाई तथ्यांक र विस्तृत विवरण सहित फोटो र भिडियो समेत संकलन गर्नुहोस्।

ङ ) बीमा गर्ने समयमा जहिले पनि आफूले बीमा गर्न लागेकाे सम्पत्तिको मूल्य, प्राविधिक पक्ष, सम्पत्तीकाे प्रकृती, सम्पत्ती प्रयाेगकाे उद्देश्य बारेमा स्पष्ट जानकारी दिनुहोस्। अन्यथा, बीमा दाबी भुक्तानी गर्दा सम्पत्ति मूल्य भिन्नता वा गलत जानकारी प्रमाणित भएमा औसतमा बीमा दाबी भुक्तानी गरिनेछ।

च) बीमालेख खरिद गर्ने समयमा नै,बीमालेखमा दिइएको नियम र शर्तहरू विस्तृत रूपमा जान्नुहोस्। यसले तपाईको सम्पत्तिको बीमा गर्दा उचित निर्णय लिन मद्दत गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS