IME Life
Beema Board

अभिकर्ताको आफ्नै नियतका कारण ‘अभिकर्ता पेशा’ व्यवसायीक बन्न सकेन !

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनी र बीमितबीच पुलको रुपमा काम गर्ने व्यक्ति हुन् अभिकर्ता । बीमा कम्पनीका लागि अभिकर्ता एक अभिन्न अंगकै रुपमा रहेको छ । बीमितको घर,घर पुगी बीमाको बारेमा जानकारी दिने, बीमाको फाइदा र यसले निकट भविष्यमा आइपर्ने आर्थिक समस्याबाट एक व्यक्तिलाई मात्र नभई सिंगो परिवारलाई नै जोगाउने जस्ता चेतना मूलक जानकारी दिने काम बीमितले नै गर्दछन् । यसकारण पनि बीमा कम्पनीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने गरेको छ ।

नेपालमा एसएलसी पास भएका व्यक्तिहरुले सजिलै अभिकर्ता पेशा गर्न पाउने व्यवस्था रहेको छ । नेपाल बीमा प्राधिकरणले तोकिए अनुरुप अभिकर्ता बन्नका लागि तालिम लिनुपर्ने हुन्छ । यसका अलावा अभिकर्ताहरुले आफूलाई यो क्षेत्रमा अब्बल बनाउनका लागि अध्ययन भने गर्नै पर्ने हुन्छ । आफू आवद्ध कम्पनीको बारेमा अध्ययन गर्ने, कम्पनीको पोलिसीको बारेमा धेरैभन्दा धेरै जानकार हुन आवश्यक छ । जसले गर्दा बीमितलाई बीमाको बारेमा सजिलै जानकारी दिन सहयोग पुर्याउँछ । यसरी गाउँ शहर हरेक क्षेत्रमा बीमाको बारेमा जानकारी दिने बीमा अभिकर्ताले सानो गल्ती गर्दा बीमा क्षेत्रमा ठूलो नोक्सानी हुन्छ ।

Prabhu
Crest

नेपालमा बीमा बारे अझै पनि अधिकांश मानिसहरुले नकारात्मक सोच राख्ने गरेको भेटिन्छ । अभिकर्तालाई अझ बढि नकारात्मक नै भन्ने गरिन्छ । धेरै जसोको मानसपटलमा अभिकर्ता पेशा दलाली पेशा हो भन्ने छाप परेको छ । जुन व्यक्ति चाँहि आम सर्वसाधारणबाट पैसा लिने र कम्पनीलाई दिने व्यक्तिको रुपमा चिनिन्छ । साथै उक्त व्यक्तिबाट कम्पनीमा पुगेपछि सर्वसाधारणले पैसा फिर्ता नपाउने, कम्पनीले घोषणा गरे बापतको सेवा सुविधा नपाउने भएकोले अभिकर्ता पेशालाई अझै व्यवसायिक र मर्यादित पेशाको रुपमा स्थापित गर्न सकिएको छैन ।

अभिकर्ता पेशा बदनाम हुनुमा अभिकर्ताकै ठूलो भूमिका रहेको छ । कम्पनीले प्रत्येक पोलिसी बापत सिमित बोनसदर तोकेको हुन्छ । तर बीमितको संख्या बढाउने होडबाजीमा अभिकर्ताहरुले कम्पनीले तोकेको भन्दा धेरै सेवा सुविधा देखाएर बीमा गराउँछन् । अभिकर्ताले भने बमोजिम सेवा सुविधा नपाएपछि बीमितले अवश्य पनि कम्पनीको बारेमा नराम्रो सोच राख्ने नै भयो । यति मात्र नभई बीमितले क्लेम गरेपछि अभिकर्ता सम्पर्कविहिन हुने गरेको गुनासो बीमितबाट सुनिन्छ । कतिपय अभिकर्ताले प्रिमियम तिर्न भनेर बीमितबाट पैसा लिने तर कम्पनीमा प्रिमियम तिरेको नदेखिएको समेत थुप्रै उदाहरणहरु छन् । केहि समयअघि मात्रै कुनै एक बीमा कम्पनीको ब्रान्च म्यानेजर/एजेन्सी म्यानेजरहरुले एक लाख रुपैयाँमै एक करोड बीमाङ्क रकमको बीमा गर्न सकिने प्रलोभन देखाई ५० जनाभन्दा बढी ब्यक्तिलाई मनि ब्याक पोलिसी बिक्रि गरेका थिए । पहिलो किस्ता बराबर एक लाख रुपैयाँ तिरेका ति व्यक्तिहरुले मनि ब्याक पोलिसी अन्तर्गत बार्षिक रुपमा फिर्ता पाउनुपर्ने रकम नपाएपछि कम्पनीसम्म पुगेका थिए । तर कम्पनीले यस्ता खाले व्यवस्था नभएको भनेपछि ती बीमितले आफू ठगिएको थाहा पाए । प्रलोभन देखाई बीमा पोलिसी बिक्रि गरेका ब्रान्च म्यानेजर/एजेन्सी म्यानेजरहरुलाई भने कम्पनीले निलम्बन गरेका थिए ।

कम्पनीको जिम्मेवार पदमा बसेका एजेन्सी म्यानेजर/ब्रान्च म्यानेजरहरु बाटै यस्ता खाले हर्कत हुँदा अभिकर्ताप्रतिको विश्वसनियता घट्दै गएको छ । कम्पनीको पोलिसी बिक्रि गरेको आधारमा अभिकर्ताहरुले कमिसन प्राप्त गर्छन् । जसका लागि अन्य व्यवसायमा लागेका व्यक्तिहरु समेत यो पेशाप्रति आकर्षित हुने गरेका छन् । तर यसरी अन्य पेशामा संलग्न व्यक्तिले बीमितलाई कत्तिको सेवा पुर्याउन सकेका छन् ? पार्ट टाइम अभिकर्ताबाट बीमितले गुणस्तरिय सेवा पाएका छन् ? अभिकर्ताले कम्पनीको बारेमा जानकारी लिएका छन् कि छैन ? कुन तरिकाबाट बीमित समक्ष प्रस्तुत हुँदै छन् ? लगायतका विषयमा कम्पनी र सम्बन्धित निकायले ध्यान नदिँदा कतिपय अभिकर्ताले आफू खुशी बीमा प्रचार गर्ने गरेका छन् । केहि समिति अभिकर्ताले आफ्नो स्वार्थका लागि बढाई चढाई गरिएका गफले पनि बीमा प्रति हेर्ने दृष्टिको दिनानुदिन नकारात्मक बन्दै गएको छ ।

अभिकर्ता जस्तो जिम्मेवारीपूर्ण पेशालाई आफ्नो स्वार्थ पुरा गर्न र सकेसम्म धेरै कमाउने ध्याउन्नमा रहेका नाम मात्रका अभिकर्ताका कारण यो पेशा व्यवसायीक बन्न सकेको छैन । छिमेकी देश भारतमै पनि यो पेशाप्रति उच्च सम्मान राख्ने गरेको पाइन्छ । तर नेपालमा अभिकर्ता भन्ने शब्दलाई दलाल शब्दसँग दाँज्न क्षणभर लगाउँदैनन् आम मानिसहरु । यी सबै समस्या भने स्वयम अभिकर्ताहरुबाटै उब्जिएको हो । तसर्थ यो पेशालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउनका लागि अभिकर्ता स्वयमले वास्तविक अभिकर्ता बन्न जरुरी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS