IME Life

एलआइसी नेपालले सिइओ लक्ष्मी दासको कार्यकाल पुनः ६ महिना थप्दै, तीन दशकको अनुभव

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक लक्ष्मीप्रसाद दासको कार्यकाल थप्ने प्रस्ताव गरेको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ ।

दासको कार्यकाल यहि माघ १५ गते नै सकिसकेको छ । तर लाइफ इन्स्योरेन्स कर्पोरेसनले केन्द्रिय कार्यालयबाट नेपालका लागि प्रमुख कार्यकारी अधिकृत नपठाए पछि अर्को सिइओको व्यवस्था नभएसम्मको अवस्थालाई मध्यनजर गर्दै ६ महिनाका लागि कार्यकाल थप गर्ने निर्णय गरेको हो भारतबाट प्रमुख कार्यकारी अधिकृत आउनु पर्ने भएकाले उताबाट नआएसम्मका लागि बहालवालाले नै कार्यभार सम्हाल्नु पर्ने हुन्छ ।

Prabhu
Crest

एमबिएसम्म अध्ययन गरेका दाससँग एलआइसी नेपालमा विताको चार वर्ष सहित बीमा क्षेत्रमा ३० वर्षको अनुभव रहेको छ ।  एलआइसी अफ इन्डियामा अधिकृतस्तरबाट सेवा सुरु गरेका दास नेपाल आउनु अगाडी भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एलआइसी अफ इन्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजनल म्यानेजरका रूपमा कार्यरत थिए । दासले एल.आई.सी. अफ इण्डियाको सूचना प्रविधि, मानव संसाधन, प्रशासन, मार्केटिङ लगायत प्रायः सबै विभागमा कार्य गरी अनुभव सँगालिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS