IME Life
Beema Board

अभिकर्ता बनेको सातामै ‘टप अफ द टेवल’ बन्न सफल अरुणको नजरमा ‘अभिकर्ता पेशा दुखको साथी’

SPIL
NIC ASIA

काठमाडौं । भरतपुर चितवनका अरुण रानाभाट विगत १० वर्षदेखि होटल तथा पर्यटन क्षेत्रमा संलग्न छन् । करिब १ वर्षदेखि भने आफूले गर्दै आएको पेशा बाहेक बीमा अभिकर्ता पेशामा समेत सशक्त रहेका छन् । जीवनमा आइपर्ने जोखिमबाट जोगाउने राम्रो माध्यम भएकोले जीवन बीमा अभिकर्ता पेशाप्रति लगाव बढेको उनी बताउँछन् । हाल रानाभाट युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा काम गर्दै आइरहेका छन् ।

Prabhu
Crest

साथीभाइसँगको पार्टनरसिपमा भरतपुरस्थित होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् अरुण । नेपालमा पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा छ । पर्यटकको नजरमा पर्ने चितवन पर्यटन व्यवसायका लागि उपयुक्त रहेको छ । नाम र दाम राम्रै हुने यो क्षेत्रमा संलग्न अरुण पछिल्लो समय भने अभिकर्ता पेशा तर्फ आकर्षित भएका छन् । अभिकर्ता पेशाले उनमा आत्मबल बढाएको छ भने आर्थिक पाटो समेत बलियो बनाएको छ । बीमा पोलिसीले नै उनलाई यो पेशामा लाग्न अभिप्रेरित गराएको अरुण बताउँछन् ।

करिब १ वर्षअघि उनले बीमा अभिकर्ता तालिम लिएर अभिकर्ता पेशामा संलग भएका थिए । जब उनले अभिकर्ता पेशाबारे बुझे, आफू यो पेशामा लाग्न धेरै ढिला भएको उनको अनुभव छ । तसर्थ आफूले बुझेसँगै उनले आफ्नो साथीभाईलाई समेत अभिकर्ता बन्न प्रेरित गराउँदै आएका छन् । उनी अभिकर्ता बनेसँगै सिंगो परिवारको जीवन बीमा गराउनुका साथै नाता आफन्तलाई समेत बीमा गर्न प्रेरित गर्दै आएको उनी सुनाउँछन् ।

जीवनमा भइपरि आउने भवितव्यलाई जीवन बीमाले सहज बनाउने भएकोले आफूलाई यो पेशा ठिक लागेको उनी बताउँछन् । कारणबस आफन्त गुमाउनुपर्दा समेत बीमा सहारा बन्ने हुँदा सबैले बीमा गराउनु अपरिहार्य जस्तै बनेको अरुणको भनाई छ । यी नै कुराहरुलाई वेलिबिस्तार लगाउँदा धेरै जना उनीसँग बीमा गराउन राजी हुने गरेको उनी बताउँछन् । त्यसैपनि होटल तथा पर्यटन क्षेत्रमा भिजेका उनको साथीसँगी र चिनजान बाक्लो रहेको छ । जसले गर्दा अभिकर्ता बनेर काम गरेको एक हप्तामै उनले टप अफ द टेवल (टट) बन्न सफल बनेका थिए । थोरै समयमा राम्रो सफलता हाँसिल गरेका उनलाई यो पेशाप्रति झन धेरै लगाब बढेको उनको अनुभव छ । अबको उनको यात्रा भने छिट्टै एमडीआरटी बन्ने रहेको छ ।

एक वर्षको समयमा उनले अभिकर्ता पेशाबाट धेरै कुरा सिक्ने मौका पाएका छन् । एक असल अभिकर्ता बन्ने हो भने हरेक क्षेत्रमा सफलता हाँसिल गर्न सकिने उनी बताउँछन् । मिठो र नरम बोली, इमान्दारीता, अरुलाई बोल्न सक्ने क्षमता उच्च भएमा हरेक बीमाबारे सजिलै बुझाउन सकिने उनको भनाई छ । साथै एक सक्षम अभिकर्ता बन्न कम्पनीको पोलेसिबारे धेरै ज्ञान राख्नुपर्ने उनको बुझाई छ । निडर र सक्षम बन्न समेत यो पेशाले सघाउ पुर्याएको छ उनलाई । उनी जति जनासँग बीमा पोलेसिको कुरा गर्छन् सबैले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । जसले गर्दा बीमितको संख्या बढाउन उनलाई कुनै मुस्किल परेको छैन । वास्तवमै बीमाको दिर्घकालिन फाइदा हेर्ने हो र बुझाउन सक्ने हो भने पनि मानिसहरु बीमा गर्न पछि नहट्ने अरुण बताउँछन् ।

पछिल्लो समयमा बीमा कम्पनीको संख्या बढ्न थालेसँगै अभिकर्ताको संख्या समेत बढ्न थालेको छ । गाउँ शहर सबैतिर बीमा अभिकर्ता देखिन्छ । जसले गर्दा बीमा अभिकर्तालाई हेरिने दृष्टिकोणमा समेत फरक आउन थालेको अरुणको अनुभव छ । हरेक प्रकारका व्यक्ति अभिकर्ता बन्ने होडबाजीका कारण अभिकर्ताप्रति हेयको दृष्टिकोणले हेर्ने गरेको उनी सुनाउँछन् । तसर्थ आवश्यक मापदण्ड सहित अभिकर्ता बनाउने हो भने यो पेशालाई मर्यादित र सम्मानजनक बनाउन सकिने उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS