IME Life
Beema Board

नयाँ कम्पनी मध्ये यूनियनलाई पछि पार्दै सिटिजन लाइफ, प्रथम बीमा शुल्कमा सर्वाधिक तेस्रो बन्न सफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आक्रामक हिसावले अगाडी बढिरहेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई सिटिजन लाइफले पछाडी पारेको छ । सिटिजनले चालु आर्थिक वर्षको दुई महिना अवधिको प्रथम बीमा शुल्क आर्जनमा यनियन सहित पुराना जीवन बीमा कम्पनीहरुलाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाइफ सुरुवाति अवस्था देखिदै आक्रामक रुपमा अगाडी बढेको थियो । मनिव्याक पोलिसी तथा अत्याधिक अभिकर्ता कमिसन तथा सेवा सुविधाका कारण बीमितले पाउने बोनशदर धेरै नै कम भए पछि अन्य कम्पनीहरुले युनियनलाई उछिन्न थालेका हुन् । यसै क्रममा पछिल्लो समय बजार विस्तारमा सिटिजन सबैभन्दा धेरै आक्रामक देखिएको छ ।

Prabhu
Crest

बीमा क्षेत्रमा फेयर व्यवसाय गर्ने छवी बनाएका उच्च व्यवस्थापनका कारण सिटिजन अगाडी देखिएको छ । भदौ महिना तथा भदौ महिनासम्मको प्रथम बीमा शुल्क आर्जनका हिसावले सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफको एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेशनल लाइफको ६६ करोड रुपैयाँ छ भने तेस्रो स्थानमा रहेको सिटिजन लाइफको ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्षको सुरुवातदेखिनै जीवन बीमा व्यवसायमा अत्याधिक सक्रियता देखाएको हो । आर्थिक वर्षको उत्तरार्धमा मात्रै खटिने प्रवृत्तीलाई हटाउदै सिटिजन सुरुवात देखिनै सक्रिय देखिन थालेको हो ।

नयाँ तर्फ सधै पहिलो स्थानमा रहने युनियन यस पटक तेस्रो नम्बरमा झरेको छ । दोस्रो नम्बरमा भने रिलायबल नेपालले ४३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रो स्थानमा रहेको युनियनको जम्मा ३७ करोड रुपैया रहेको छ । समग्र जीवन बीमा कम्पनीहरु मध्येमा भने युनिनय ७ औ नम्बरमा छ । प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क दुबै जोड्ने हो भने युनियन अगाडी रहेको छ ।

पोलिसी सरेण्डमा भने युनियन अगाडी छ । फोर्स सेलिङ तथा झुक्काएर हुने बिक्रीका कारण युनियनमा तुलनात्मक रुपमा सरेण्डर बढी पर्ने गरेको छ । पोलिसी सरेण्ड बढ्ने वित्तीकै प्रत्यक्ष असर बीमितले प्राप्त गर्ने बोनश दरमा पर्ने गर्छ ।

पुराना कम्पनीमा सबैभन्दा धेरै आक्रामक नेपाल लाइफ कायमै छ । तर यस पटक प्रथम बीमा शुल्क तर्फ नेपालले ठुलो बजार हिस्सा गुमाउनु परेको छ । अहिले जति धेरै प्रथम बीमा शुल्क आर्जन धेरै भयो भोलिका दिनमा त्यहि अनुपातमा कम्पनीको व्यवसाय विस्तार हुन्छ । सिटिजन तत्कालका लागि कुल बीमा शुल्क आर्जनमा अगाडी नदेखिए पनि यहि हिसावले बजार विस्तार गर्दै जान सक्यो भने भोलिका दिनमा पहिलो स्थानमा सजिलै पुग्नसक्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS