IME Life New

दुई महिनापछि धितोपत्र बोर्डले पायो नयाँ अध्यक्ष, गोपाल भट्ट नियुक्त, को हुन् उनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा डा गोपाल भट्ट नियुक्त भएका छन्।

सेबोन दुई महिनादेखि अध्यक्ष विहीन थियो। आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टका नातेदार पनि हुन्। स्वार्थ बाझिने कारणले गुणाकरले सेबोन अध्यक्ष नियुक्ति सिफारिस समितिबाट राजीनामा दिएका थिए।

Esewa
Crest

त्यसो त गुणाकरको राजीनामा पनि आयोगका सदस्य सञ्जय आचार्यको संयोजकत्वमा गठित समितिले आवेदन परेका ४७ जनामध्ये गोपाल भट्टसहित राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र सेबोनका पूर्वकार्यकारी निर्देशक डा नवराज अधिकारी तथा बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्यको नाम सर्टलिस्ट गरेको थियो।

यी ४ जनामध्ये ३ जनाको नाम यसअघि पनि मन्त्रिपरिषदमा पठाइको थियो। तर, प्रधानमन्त्री बालेन शाहले पुनः सबैजनाको फाइल अध्ययन गरेर नाम सिफारिस गर्न भनेपछि सेबोन अध्यक्षको नियुक्तिमा ढिलाइ भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार गठन भएपछि सन्तोष नारायण श्रेष्ठले सेबोन अध्यक्षबाट गत वैशाख ४ गते राजीनामा दिएका थिए। त्यसपछि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकरण भट्टको संयोजकत्वमा सेबोन अध्यक्ष नियुक्ति सिफारिस समिति गठन गरेको थियो।

को हुन् गोपाल भट्ट ?

भट्टले नेपालको शेयर बजारसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका छन्।

नेपाल राष्ट्र बैंकमा भट्टले ३० वर्ष काम गरेको अनुभव रहेको छ। उनले राष्ट्र बैंकको अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्तीय व्यवस्थापन विभाग, मानव संसाधन विभाग, वित्तीय संस्था सुृपरिवेक्षण विभागलगायतका विभागमा काम गरेका छन्।

कैलालीको धनगढीका स्थायी बासिन्दा भट्ट हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS